Logo

नेपाली टोपीमा नरवाणे



काठमाडौं, २० कात्तिक । भारतका स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणको पहिलो दिन घुमघाममा निस्किए । उनी बुधबार वसन्तपुर दरबार पुगे । वसन्तपुर पुग्दा उनी नेपाली टोपीमा थिए ।

वसन्तपुर पछि नरवाणे साँझ पशुपतिनाथको आरतीमा पुगे । उनी त्यहाँ पनि नेपाली टोपीमा थिए । उनको साथमा नेपाली सेनाका उच्च अधिकृतहरु थिए ।

आज नरवाणेले नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दज्र्यान्ही चिन्ह लिनेछन् । त्यसका लागि उनी शितलनिवास पुग्नेछन् । जहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट दज्र्यान्ही चिन्ह लिएर शिष्टाचार भेट समेत गर्नेछन् ।

नरवाणेले आजै प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट्नेछन् । शुक्रबार भारत फर्कनु अघि रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने तय भएको छ । भोलिको उनको भेट निकै महत्वपूर्ण हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot