कैलाली, कार्तिक २० । कैलालीका कोरोना संक्रमित एक बृद्धको मुत्यु भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ९२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
कार्तिक १७ गते कोरोना पुष्टि भएका बृद्धको अस्पतालको भेन्टिलेटरमा उपचार हुँदै आएको थियो । उनको विहिबार विहान मृत्यु भएको हो ।