Logo

दाहालले बोलाएको सचिवालय बैठकमा ओली पक्ष नजाने, सूर्य थापाले भने-‘यो बैठक होईन, भेला हो’



काठमाडौं, २१ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरु सहभागी नहुने भएका छन् । अध्यक्ष दाहालले आज अपरान्ह ३ बजे पार्टी मुख्यालय धुम्बाराहीमा सचिवालय सदस्यहरुलाई बोलाएका छन् ।

प्रचण्डले बोलाए सचिवालय बैठक, ओलीले के गर्लान् ?

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दाहालले बोलाएको सचिवालय बैठक औपचारिक बैठक नभएको भन्दै त्यसलाई गुटको भेलाको संज्ञा दिएका छन् । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा थापाले भने,‘त्यो बैठक होईन, भेला हो । एउटा अध्यक्षलाई बैठक बोलाउने अधिकार छैन् । बैठक बोलाउनको लागि दुई अध्यक्षको सहमतिमा महासचिवले बोलाउने हो ।’ File photo

कस्ले ल्याउला प्रधानमन्त्री ओलीमाथि अविश्वासको प्रस्ताव ?



प्रतिक्रिया दिनुहोस्

Screenshot