Logo

धुम्बाराहीमा प्रचण्ड, माधव नेपाल र झलनाथको दाबी : ‘पार्टी एक ढिक्का बनाएर लैजान्छौं’



काठमाडौं, २१ कार्तिक। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले डाकेको अनौपचारिक बैठक सम्पन्न भएको छ । बैठक सकिएलगत्तै पार्टी कार्यालय परिसरमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष दाहालले कुनैपनि हालतमा पार्टीलाई फुट्न नदिने र एकताबद्ध बनाउने विश्वास दिलाएका छन् ।

उनले भने,‘म पार्टी कुनै पनि हालतमा फुट्न दिन्न, पार्टी एकताको लागि पहल गर्छु ।’ त्यस्तै, वरिष्ठ नेता झलनाथ खनालले पनि कसैले पनि पार्टी फुटाउन नसक्ने र आफूहरुको बैठकले पार्टीलाई एक ढिक्का बनाएर लैजाने निर्णय गरेको सुनाए ।

त्यस्तै, अर्का वरिष्ठ नेता माधव कुमार नेपालले पनि आफू पार्टी एकताको पक्षमा रहेको सुनाउँदै पार्टी एकताबद्ध बनाउन कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे । उनले भने,‘प्रधानमन्त्रीलाई हटाउन र कमजोर बनाउनभन्दापनि म पार्टी बलियो बनाउने पक्षमा छु । म कुनै पनि गुटमा छैन, म पार्टी बचाउने गुटमा छु ।” File Photo



प्रतिक्रिया दिनुहोस्