Logo

दाहाल–नेपालले ओलीलाई भोलिसम्म पर्खने, विष्णु पौडेललाई प्रचण्डको यस्तो जवाफ



काठमाडौं, २४ कार्तिक । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद झनै चुलिएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका ५ सदस्यले भेटेरै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बैठक डाक्न लिखित रुपमै आग्रह गरेका छन् । तर, ओलीले भने तत्काल बैठक बोलाउने पक्षमा आफू नरहेको सन्देश दाहाल–नेपाल समूहलाई पठाईसकेका छन् ।

माधव नेपाललाई प्रधानमन्त्री बन्ने मौका

ओलीले पार्टी फुट्ने खतरा औल्याउँदा नेपालद्वारा एकता मजबुत बनाउने प्रस्ताव ल्याउन आग्रह

आजमात्रै ओलीको सन्देश बोकेर महासचिव विष्णु प्रसाद पौडेलले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका छन् । उक्त भेटमा महासचिव पौडेलले विधानअनुसार १५ दिनभित्र बैठक बोलाईसक्नुपर्ने भएकोले सोहीअनुसार बैठक बोलाईने भन्दै आजको भोलि नै बैठक बस्न नसक्ने जानकारी गराएका थिए । तर, दाहालले भने आफू पार्टीको कार्यकारी अध्यक्ष भएको र सचिवालयका बहुमत सदस्यहरुले बैठक बोलाउन माग गरिसकेकोले जतिसक्दो चाँडो बैठक बस्नुपर्ने कुरा सम्झाएका थिए । दाहालले भोलिसम्म पनि ओलीले बैठक बोलाउने तयारी नगरे आफूले नै बैठक बोलाउने चेतावनी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot