Logo

काठमाडौंमा एकैदिन १४२८ संक्रमित थप



काठमाडौं, २४ कात्तिक । काठमाडौं उपत्यकामा आज एकै दिन १४  सय २८ जना कोरोना संक्रमित थपिएका छन् । देशभर २५  सय ७१ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १४ सय २८ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा ११ हजार १ सय ७७  जनाको पिसीआर परिक्षणमा २५  सय ७१ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा  १७९८जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख  ५९ हजार ७ सय २४  रहेको छ । देशभर कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४  पुगेको छ । आज काठमाडौं उपत्यकामा थपिएका १४ सय २८ जना मध्ये ६३० महिला र  ७९८ पुरुष रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्