Logo

पुटिन र सी जिङपिङले किन वाइडेनलाई बधाई दिएनन्



एजेन्सी, २४ कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रयाटिक पार्टीका जोय वाइडेन विजयी भएको मिडियाले उल्लेख गरिरहेका छन् । उनले आवश्यक २ सय ७० इलेक्ट्रोरल मत प्राप्त गरिसकेको खबर छ । यसलगत्तै विश्वका कतिपय नेताहरुले वाइडेनलाई बधाई दिइसकेका छन् ।

अमेरिकी निर्वाचनसम्बन्धी निकायले वाइडेनलाई विजयी घोषित गरिसकेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् । यस अवस्थामा विश्वका शक्तिशाली नेताहरुले वाइडेनलाई बधाई दिएका छैनन् ।

वाइडेनलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छैनन् । पुटिनमाथि सन् २०१६ को चुनावमा डोनाल्ड ट्रम्पलाई जिताउन भूमिका खेलेको आरोप लागेको थियो । उनी ट्रम्पलाई बधाई दिने पहिलो विदेशी नेता थिए । ट्रम्पले वाइडेनको मतलाई कानुनी रुपमा चुनौती दिएकाले क्रेमलिनले तत्काल प्रतिक्रिया नजनाएको बताइएको छ ।

चिनियाँ राष्ट्रपति सी जिङपिङले पनि वाइडेनलाई बधाई दिएका छैनन् । यसअघि ट्रम्प सन् २०१६ मा निर्वाचित हुँदा दोस्रो दिन नै बधाई दिएका थिए ।

ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले पनि वाइडेनलाई बधाई दिइसकेका छैनन् । उनी ट्रम्पका नजिकका मित्र हुन् । कोरोना भाइरसलाई ट्रम्पले जस्तै हल्का रुपमा लिएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot