Logo

आज २७ सय ३६ कोरोना संक्रमित थपिएसँगै कुल संक्रमित २ लाख नजिक



काठमाडौं, २५ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २७ सय ३६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९९ हजार ७ सय २० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ८ सय ५३  जना संक्रमणमुक्त भएका छन् । आजसम्म  १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्