
काठमाडौं, २५ कात्तिक । नेपालमा कोरोना भाइरसका आज २५ सय ६९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २ हजार ३ सय २९ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १६६६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म १ लाख ६२ हजार २ सय ४३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।