Logo

काठमाडौंमा आज १२६१ कोरोना संक्रमित थप



काठमाडौं, २६ कात्तिक। काठमाडौं उपत्यकामा आज एकै दिन  १२ सय ६१ जना कोरोना संक्रमित थपिएका छन् । देशभर  २५ सय ६९ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै  १२ सय ६१ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको सुचनामा  १० हजार  ८१ जनाको पिसीआर परिक्षणमा २५ सय ६९ जनाको रिर्पोट पोजेटिभ आएको हो ।

त्यसैगरी आज २४ घन्टामा १६६६ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या १ लाख ६२ हजार २ सय ४३  रहेको छ । देशभर कुल संक्रमितको सख्या  २ लाख २ हजार ३ सय २९ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस्