काठमाडौैं, २६ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कसैसँग पनि नडराउने स्पष्ट पारेका छन् । आज (बुधबार) संखुवासभामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले जनताद्वारा निर्वाचित प्रधानमन्त्री भएकाले कसैसँग नडराईकन अघि बढ्ने स्पष्ट पारेका हुन् ।
पार्टीभित्रको आन्तरिक विवादको बारेमा खासै उल्लेख नगरेपनि प्रधानमन्त्री ओलीले कसैको चाहनाले पार्टी केही पनि नहुने जिकिर गरे । उनले पार्टीका नेता तथा कार्यकर्ताहरूलाई चिन्ता नलिईकन पार्टी गतिविधिमा सक्रिय हुन आग्रह गरेका थिए । प्रधानमन्त्री ओलीले किमाथांका नाका र अरुण तेस्रो जलबिद्युत आयोजनाको अवलोकनसमेत गरेका थिए । FILE PHOTO