Logo

कौडा खेल्ने ८ जना पक्राउ



धादिङ, २८ कात्तिक । कौडा खलिरहेको अवस्थामा ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । गजुरी बजार बस्ने ६३ वर्षीय दिल बहादुर घलेको घरमा कौडा खेलिरहेको अवस्थामा घले लगायत ८ जना पक्राउ परेका हुन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १ हजार ८ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot