Logo

पत्रकार गोकर्ण गौतमको निधन



काठमाडौँ, ४ मङ्सिर: ३१ वर्षीय सन्चारकर्मी गोकर्ण गौतमको आज (बिहीबार) निधन भएको छ । मष्तिष्कको नशामा समस्या देखिएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको आज बिहान निधन भएको हो ।

उनको आज बिहान साढे ११ बजे बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस (न्युरो अस्पताल)मा निधन भएको हो । उनी कान्तिपुर समाचारका लागि कलम चलाउने गर्दथे।

आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने विषयमा उनको परिवार श्रोतले जनाएको छ।-Photo Source: Kantipur



प्रतिक्रिया दिनुहोस्

Screenshot