धेरै मानिसहरु गुलियो धेरै खाएमा चीनी रोग अर्थात् मधुमेहको संक्रमण हुने ठान्छन् । तर, मधुमेहको मुख्य कारण गुलियो र चीनीमात्र होइन ।
प्राकृतिक रुपमा चिनी तरकारी, फलफूल र दुग्ध पद्धार्थमा पाइन्छ । हामीले यी खाद्य पद्धार्थको सेवन गर्दा चिनी खाइरहेका हुन्छौं ।
हामीले खाने गरेको चीनीलाई थप चीनी भन्नुपर्छ । चीयामा हाल्ने देखि केक, बिस्कुट र मिठाईमा यसको प्रयोग हुन्छ ।
मधुमेहको विभिन्न प्रकार हुन्छन् ।
टाइप वान प्रकारको मधुमेहमा इन्सुलिन उत्पादन गर्ने कोषहरुलाई रोग प्रतिरोधात्मक प्रणालीले ध्वस्त पारिदिन्छ । जसका कारण प्यानक्रिज अर्थात् अग्नाशयले उत्पादन गरेको इन्सुलिन प्रयोग गर्न शरीरले सक्दैन ।
टाइप वान र टाइप टु प्रकारका मधुमेह चिनी सेवनबाट हुँदैन । यो मोटोपनसँग सम्बन्धित हुन्छ । जन्क फुड र बढी आराम लिएर जीवनयापन गर्नेहरुलाई यस्तो मधुमेह लाग्न सक्छ । खानामा रहेको चिनीले असर गर्दा टाइप टु प्रकारको मधुमेह लाग्छ । खानाले मोटोपन बढाइदिन्छ जसका कारण यस्तो प्रकारको मधुमेहको रोगी हुने सम्भावना रहन्छ ।
मधुमेहको रोगीले पूरै चिनी प्रयोग रोक्न हुन्न । खानेकुरामा केही चिनी खाँदा फरक पर्दैन ।
विश्व स्वास्थ्य संगठनले सामान्य बीएमआइ भएको वयस्कका लागि २५ ग्राम अर्थात् ६ चम्चा चिनी प्रतिदिनका लागि सिफारिश गरेको छ ।
चिनी कतिपय खानेकुरा तथा पेयपद्धार्थमा हुन्छ । हामीले त्यस्ता खाद्य तथा पेय पद्धार्थ सेवन गर्दा सामान्य भन्दा बढी चिनी सेवन गरिरहेका हुन्छौं । जस्तै सोडाको एक क्यानमा १० चम्चा चिनी हुन्छ । जुस, जन्क खाना, फ्रोजन खानेकुरालगायतमा दैनिक उपभोग गर्नुपर्नेभन्दा बढी चिनी हुन्छ ।