Logo

महासंघ चुनावः प्रधान समूहलाई दुई प्रदेशका २५ जिल्ला अध्यक्षहरूको समर्थन



काठमाडौं, मंसिर ५ । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी सरगर्मी बढिरहेका बेला लुम्बिनी र कर्णाली प्रदेशका २५ जिल्ला अध्यक्षहरूले वरिष्ठ उपाध्यक्षमा किशोरकुमार प्रधान समूहलाई मतदान गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य महासंघले आयोजना गरेको भेलामा लुम्बिनी र कर्णाली प्रदेशका जिल्ला अध्यक्षहरूले महासंघको सुदृढीकरण र शुद्धीकरणका लागि प्रधान समूहले अगाडि सारेका मुद्दामा सहमति जनाउँदै पक्षमा मतदान गर्ने बताएका हुन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष पशुपति मुरारका र पूर्वअध्यक्ष कुशकुमार जोशीले महासंघलाई सबल नेतृत्व प्रदान गर्न वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको विकल्प नरहेको बताए ।
महासंघको नयाँ निर्वाचनपछि स्वतः अध्यक्ष पक्का भएका शेखर गोल्छाले आफ्नो कार्यकाल सफल बनाउन किशोर प्रधान समूह रोजेकाले मत दिएर संस्थापन पक्षलाई विजयी गराउन निवर्तमान अध्यक्ष मुरारकाले आग्रह गरे ।

लुम्विनी र कर्णालीका जिल्ला अध्यक्षहरूको भेलालाई अध्यक्ष भवानी राणा र भावी अध्यक्ष गोल्छाले भिडियो सन्देशमार्फत किशोर प्रधान र उनको समूहलाई विजयी गराउन अपिल
गरेका थिए ।

नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिर मन्सुरीले भेलामा २ प्रदेशका २५ जिल्ला अध्यक्षहरूले सामूहिक रूपमा गोल्छा नेतृत्वको किशोर प्रधान समूहलाई मत दिएर निर्वाचित गराउने निर्णय गरेको जानकारी दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्