काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीमा ३३ जना एसएसपीहरुको सरुवा भएको छ । मुख्य चाडपर्व सकिएपछि प्रहरी प्रधान कार्यालयले एकैपटक ३३ जना एसएसपीहरुको आज सरुवा निकालेको हो ।
सरुवामा महानगरीय प्रहरी परिसर काठमाडौंको इञ्चार्जको जिम्मेवारी अशोक सिंह र ललितपुरमा किरण बज्राचार्यले पाएका छन् । दुवैजना आइजीपी शैलेश थापा क्षेत्रीसँग नजिक मानिन्छन् ।
काठमाडौंका एसएसपी श्यामलाल ज्ञवाली एक वर्ष नपुग्दै सरुवा भए । ललितपुरका टेकप्रसाद राई भने एक वर्षभन्दा बढी बसेर सरुवा भए ।
आकर्षक मानिएको महानगरीय ट्राफिक प्रहरी महाशाखामा जनक भट्टराईको सरुवा भएको छ । टेकप्रसाद राई कार्य विभाग, दिवेश लोहनी युएन महाशाखा, बसन्त बहादुर कुँवर सचिवालय, वीरेन्द्र कुमार बस्याल नयाँ दिल्लीस्थित नेपाली राजदूतावासको काउन्सलरका रुपमा सरुवा भएका छन् ।