Logo

यस्तो भएछन् विप्लव



काठमाडौं, ९ मंसिर । सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव भूमिगत छन् । उनी सरकारको खोजीमा छन् । वार्ताका लागि उनलाई बेला बेलामा आव्हान समेत गर्ने गरिएको छ ।

सात वर्षयता भूमिगत हुँदै आएका विप्लव उमेरले पाका समेत भइसकेका छन् । ५० कटिसकेका विप्लवले अर्धसैनिक र सैन्य गतिविधि गर्दै आएका छन् । यसपटक उनी भिडियो अन्तवार्तामार्फत देखिए । पार्टीको मुखपत्र अनलाइन पत्रिका ईरातोखबरमा विप्लव सेतो सर्टमा देखिए । उनी निकै संयमित ढंगले सरकारविरुद्ध प्रस्तुत भए ।

विप्लव भूमिगत हुँदा र अहिले खासै फरक देखिएका छैनन् । उनमा पुरानै जोस देखिन्छ । बोली पनि विगतमा जस्तै आक्रामक देखिन्छ ।

दश वर्ष लामो सशस्त्र जनयुद्धमा समेत सहभागी विप्लव प्रचण्डबाट भने टाढिए । उनी मोहन वैद्य किरण नेतृत्वको नेकपा माओवादीमा लागे । तर, किरणलाई पनि छाडेर नेकपा गठन गरी सरकारविरुद्ध लागे । उनी अहिलेको भन्दा प्रगतिशिल संविधान र व्यवस्था ल्याउने उद्देश्यका लागि सक्रिय छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot