Logo

सपना रोका मगर बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा



लण्डन, ९ मंसिर । नेपालकी सपना रोका मगर बीबीसीको प्रभावशाली सय महिलाहरुको सूचीमा पर्न सफल भएकी छिन् । बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी हुन् । म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् ।

बेवारिसे शवहरुको व्यवस्थापनको काम गर्दै आएको संस्थामा कार्यरत उनले अहिलेसम्म ३ सयभन्दा बढी बेवारिसे शवहरुको व्यवस्थापन गरिसकेकी छिन् । सडकमा अलत्रप परेका शवहरु अस्पतालमा लगेर पोष्टमार्टम गर्नेदेखि पशुपति आर्यघाटमा लगेर संस्कारअनुसार अन्त्येष्टि गर्ने काममा सपना निरन्तर खटिरहेकी छिन् । सपनासँगै विश्वका विभिन्न क्षेत्रमा कार्यरत अन्य महिलाहरु पनि सयजनाको सूचीमा परेका छन् ।

बीबीसीले प्रत्येक वर्ष त्यस्ता प्रभावशाली र प्रेरणादायी महिलाहरुको सूची प्रकाशित गर्दै आएको छ ।  बिबिसीको उक्त सूचीमा फिनल्याण्डकी प्रधानमन्त्री साना मरिन, मलेसियाकी चर्चित अभिनेत्री मिसेल योह, अक्सफोर्ड विश्वविद्यालयले बनाइरहेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिनको नेतृत्व गरेकी सारा गिल्बर्ट पनि छन्।

Related View:



प्रतिक्रिया दिनुहोस्