Logo

कोरोना महामारी झन् भयावह, दैनिक ६ लाखभन्दा बढी संक्रमित थपिन थाले



काठमाडौं, ११ मंसिर । विश्वभर कोरोना भाइरसको संक्रमितको संख्या ६ करोड ७ लाख पुगेको छ । मृतकको संख्या १४ लाख २६ हजार नाघेको छ । बितेको २६ घन्टामा ६ लाख कोरोना संक्रमित थपिएका छन् । दैनि छ देखि सात लाख कोरोना संक्रमित थपिन थालेपछि अवस्था झन् भयावह बनेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ६ करोड ७ लाख १९ हजार पुगेको छ । बितेको २४ घन्टामा १२ हजारको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

विश्वभर कुल सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ७२ लाख पुगेको छ । जसमध्ये ४ करोड २० लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३१ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ६८ हजारको मृत्यु भइसकेको छ । अमेरिकामा दैनिक २ लाखका दरले संक्रमित संख्या बढेको छ । मृतकको संख्या पनि दैनिक दुई हजार भन्दा बढी छ ।

भारतमा ९२ लाख संक्रमितमध्ये एक लाख ३५ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६१ लाख संक्रमितमध्ये एक लाख ७० हजारको मृत्यु भएको छ ।

यूरोपका देशहरुले संक्रमित र मृतक संख्यामा अन्य देशहरुलाई धमाधम उछिन्न थालेका छन् । फ्रान्समा २१ लाख ७० हजार संक्रमित संख्यामध्ये ५० हजारको मृत्यु भइसकेको छ ।

रुसमा २१ लाख संक्रमितमध्ये ३७ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४४ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १५ लाख कोरोना संक्रमितमध्ये ५६ हजारको मृत्यु भएको छ । इटालीमा १४ लाख संक्रमितमध्ये ५२ हजारको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ सय ८९ पुगेको छ । अहिलेसम्म २ लाख २६ हजार २६ जना संक्रमित भइसकेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot