Logo

बुर्किना फासोको राष्ट्रपतिमा काबोर फेरि निर्वाचित



११ मङ्सिर: बुर्किना फासोको राष्ट्रपतिमा रोच मार्क क्रिश्चियन काबोर पुनः निर्वाचित भएका छन् ।

पर्याप्त बहुमतका साथ उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका निर्वाचन आयोगले विहिबार घोषणा गरेको छ ।

“काबोरले मतदानको पहिलो चरणमै ५७.८७ प्रतिशत मत ल्याएर पुनःराष्ट्रपतिमा निर्वाचित भएका छन् ,” स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगका प्रमुख न्युटन अहमद ब्यारीले भने ।

राष्ट्रपतिमा निर्वाचित काबोरले आफ्ना प्रतिस्पर्धीलेभन्दा धेरै मतान्तर कायम गर्नुभएको पनि निर्वाचन आयोगले जनाएको छ ।

उनीसँगै प्रतिस्पर्धामा उत्रिएका इडी कोम्बोइगोले जम्मा १५.४८ प्रतिशत मत ल्याएर दोस्रो भएका छन् भने अर्का उम्मेवार जेफिरिन डिएब्रेले १२.४६ प्रतिशत मत मात्रै पाएका छन् ।-एएफपी/Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot