Logo

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३० लाख नाघ्यो



काठमाडौं, १५ मंसिर । विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ३० लाख नाघेको छ । बितेको २४ घन्टामा संक्रमित संख्या पाँच लाखले बढेको हो । मृतकको संख्या १४ लाख ६५ हजार नाघेको छ ।

पछिल्लो तथ्यांक अनुसार संक्रमित संख्या ६ करोड ३० लाख ६६ हजार पुगेको छ । मृतकको संख्या १४ लाख ६५ हजार पुगेको छ । विश्वभर कुल सक्रिय कोरोना संक्रमितको संख्या एक करोड ८० लाख पुगेको छ । जसमध्ये ४ करोड ५० लाख संक्रमणमुक्त भएका छन् ।

सबैभन्दा बढी अमेरिकामा एक करोड ३७ लाख कोरोना संक्रमित भइसकेका छन् । जसमध्ये २ लाख ७३ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ९४ लाख संक्रमितमध्ये एक लाख ३७ हजारको मृत्यु भइसकेको छ । ब्राजिलमा ६३ लाख १४ हजार संक्रमितमध्ये एक लाख ७२ हजारको मृत्यु भएको छ ।

फ्रान्समा २२ लाख १८ हजार संक्रमित संख्यामध्ये ५२ हजारको मृत्यु भइसकेको छ । रुसमा २२ लाख संक्रमितमध्ये ३९ हजारको मृत्यु भएको छ । स्पेनमा १६ लाख संक्रमितमध्ये ४४ हजारको मृत्यु भइसकेको छ । बेलायतमा १६ लाख कोरोना संक्रमितमध्ये ५८ हजारको मृत्यु भएको छ । इटालीमा १५ लाख संक्रमितमध्ये ५४ हजारको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ सय ७९ पुगेको छ । अहिलेसम्म २ लाख ३१ हजार ९ सय ७८ जना संक्रमित भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्