Logo

बालुवाटारमा सञ्चारकर्मीहरुलाई अपमान, प्रवक्तालाई सडकमा कुर्दै



काठमाडौं, १६ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार सामाग्री संकलनको लागि बालुवाटार पुगेका सञ्चारकर्मीहरुलाई आज अपमान गरिएको छ । उनीहरुलाई मूल गेटको सडकमै रोकेर राखिएको छ ।

सुरुमा नाम टिपाईएपनि पछि सञ्चारकर्मीहरुलाई बाहिरै बस्न भनिएको हो । सञ्चारकर्मीहरु अब बाहिरै बस्ने र प्रवक्ताले सडकमै आएर बैठकको बारेमा सुचना दिनुपर्ने अडान राखेका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot