Logo

नक्कली बाबु खडा गरी भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग



काठमाडौं, १८ मंसिर । भारतीय नागरिकले नेपाली नागरिकता लिएको भन्दै खारेजीको माग गरिएको छ । राम आधार साह भन्ने व्यक्ति भारतीय नागरिक भएकाले उनको नागरिकताको खारेजीको माग गरिएको हो ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बाराको कलैयाका प्रभात विक्रम शाहले भारतीय नागरिक राम आधार साहले कसरी नेपाली नागरिकता पाएको भन्दै प्रश्न गरे । उनले भने, नक्कली भोला साहलाई नक्कली बाबु खडा गरी भारतीय नागरिक राम आधार साहले नेपाली नागरिकता लिएका छन् । उनले राम आधार साहलाई कडाभन्दा कडा कारबाही गर्न माग गरे ।

राम आधार साहलाई किर्ते गरेको अभियोगमा तत्काल पक्राउ गर्नुपर्ने प्रभात विक्रम साहले माग गरे । नागरिक छानविनका लागि जिल्ला प्रशासन कार्यालय बारा कलैयामा समेत उजुरी गरिएको उनको भनाई थियो । भोला साहका दुईजना अर्को नामका छोरा भएको र राम आधार साह पनि छोराको रुपमा उल्लेखित गरी किर्ते गरिएको उनको आरोप थियो ।

बाराका महागढीमाइ नगरपालिका वडा नं. २ मा यसबारे छाविन भई कारबाही चलाइएको र वडा हुँदै नगरपालिकाले यथार्थ जानकारी पठाएको प्रभात शााहले बताए । छानविन पछि उनी भोला साहको धर्मपुत्र भनी देखाइएको समेत बताइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले यसबारे छानविन गर्न रौतहटमा पत्र पठाएको जनाइएको छ ।

प्रभात शाहका अनुसार राम आधार साहलाई तत्काल पक्राउ गर्न जिल्ला प्रहरी कार्यलय बाराले पत्र समेत काटेको बताए । त्यसपश्चात जिल्ला प्रशासन कार्यलयले सम्पूर्ण फाइल उक्त जिल्लामा उनलाई पक्राउ गर्न प्रक्राउ पूर्जी जारी समेत गरेको तर पक्राऊ नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

कार्यक्रममा राम आधार साह भारतको पूर्वी चम्पारण छौडादानो लतिहनवाका बासिन्दा रहेको दाबी गरियो । तर, उनी हाल बारा जिल्ला महागढीमाई नगरपालिका साविक वडा नं २ मा कपडा पसल गरी बसेको बताइयो । राम आधार शाहले बाबु भनेका भोला साह बनियाँका दूई छोरा भनिएका जेठा राम बाबु साह र अर्का कान्छा छोरा अजय गुप्ता रहेको भनि रौतहट जिल्ला इशनाथ नगरपालिका वडा नं ९ को वडा कार्यलयको प्रमाणित पत्र मिति २०७५-३-२६ चं.नं ०७४-०७५/९०४ को प्रमाणित प्रतिलिपी स्थानीय सित मौजुद रहेको जनाइएको छ । उनकोे तीन भाई मध्ये दूई भाई पनि बारा जिल्ला मा.ग.न.पा वडा नं २ मै व्यापार व्यावसाय गर्दै आएका हुन् । र, उनहरुले समेत नेपाली नागरिकता लिएका छन् । त्यस मध्ये एक भाई राजेन्द्र साह हाल भारतीय नागरिक हुन् । राम आधार साहका तीनै दाजु भाईको नाम भारतीय भोटर लिस्ट मौजुद रहेको प्रमाण रहेको बताइयो ।

जय गुरुदेवको चेला हुँ भन्दै आश्रम बनाउँछु भन्दै विभिन्न मानिसलाई प्रभावमा पारी काठमाडौँका एक जना स्थानीयलाई प्रभावमा पारी उसको जग्गा समेत आश्रम नबनाई हालसम्म आफ्नो नाममा राखेको बताइएको छ । बारा जिल्ला मा.ग.न.पा वडा नं २ बस्ने मून्नी देवी साहलाई छोरा सरह हेरचाह गर्छु भन्दै उनको जग्गा समेत आफ्नो नाम गरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot