Logo

हीराको वर्षा हुने ग्रह



हामीलाई थाहा छ, आकाशबाट पानी र कहिलेकाही असिना पर्छ । कहिलेकाहीं समुन्द्रको माछा पनि झर्छ । तर, कहिलेकाहीं बहुमूल्य वस्तुपनि आकाशबाट झर्छ । यस्ता घटनाहरु समय समयमा भएका छन् ।

वैज्ञानिकहरुले ब्रम्हाण्डमा रहेका शनी र वृहस्पती ग्रहमा आकाशबाट हीरा खस्ने पत्ता लगाएका छन् । यस्तो पृथ्वीमा खस्दैन । शनी र वृहस्पतीको सतहमा धेरै मात्रामा मिथेन ग्याँस पाइन्छ । चट्याङ परेको बेलामा मिथेन ग्यास हाइड्रोजन र कार्बनमा परिणत हुन्छ । त्यसपछी कार्बन बढ्दो गति र चापले बर्षा हुँदा कार्बन चौडा क्रिष्टलाइन ग्राफाइटको रुपमा परिणत हुन्छ । ग्राफाइट सिसाकलम उत्पादन गर्न प्रयोग गरिन्छ ।

६ हजार किलोमिटर गहिराइ भित्र ग्राफाइटका कणहरु तरल पदार्थबाट ठोस पद्धार्थमा परिणत हुन्छ र तीस हजार किलोमिटर गहिराइ सम्म खसिरहन्छ जहाँ चार हजार केल्भिन भन्दा ज्यादा तापक्रम र कम चाप हुन्छ, त्यहा ग्राफाइट हीरामा परिणत हुन्छ । Agency



प्रतिक्रिया दिनुहोस्