Logo

प्रदेश १ मा धान उत्पादन बढ्यो



विराटनगर, मंसिर २१ । प्रदेश नं १ मा यस वर्ष धाने उत्पादनमा वृद्धि भएको छ । कृषि विकास निर्देशनालय, विराटनगरका अनुसार आर्थिक वर्ष २०७५र७६ मा कुल १२ लाख ६१ हजार ६६५ र आर्थिक वर्ष २०७६र७७ मा ११ लाख ९८ हजार ७४० मेट्रिकटन धान फलेको प्रदेश १ मा यस वर्ष सबैभन्दा बढी १३ लाख ११ हजार २४५ मेट्रिकटन धान उत्पादन भएको छ ।

प्रदेशमा कुल धान लगाउने क्षेत्रफल ३ लाख ४० हजार ८२९ हेक्टर हो हो । यस वर्ष अनुकूल मौसम, सिँचाइको राम्रो प्रबन्धले विगत केही वर्षको तुलनामा यस वर्ष किसानले ३ लाख ३२ हजार ९१७ हेक्टर जग्गामा धान लगाएका थिए ।

निर्देशनालयका अनुसार यस वर्ष ९७ दशमलव ६८ प्रतिशत रोपाइँ भएको थियो । धानको उत्पादनले किसान उत्साहित भएको, तर उचित मूल्य निर्धारण नभएकाले निराशा पनि देखिएको निर्देशनालयका प्रवक्ता सरसस्वती श्रेष्ठको भनाइ छ ।

प्रदेशमा धानको उत्पादकत्व प्रतिहेक्टर तीन दशमलव ९४ प्रतिशत मेट्रिकटन रहेको निर्देशनालयले बताएको छ । चौध जिल्ला रहेको यस प्रदेशमा उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बु गरी २४ हजार ११३ हेक्टर जग्गामा २३ हजार ६७७ हेक्टर जग्गामा रोपाइँ भएर ६० हजार ७१४ मेट्रिकटन धान उत्पादन भएको छ ।

मध्य पहाडी जिल्ला पाँचथर, इलाम, भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुंगा र खोटाङ गरी ९० हजार ९१६ हेक्टर जग्गामा ८८ हजार ७९० हेक्टर जग्गामा रोपाइँ भई कुल २ लाख ५५ हजार मेट्रिकटन धान उत्पादन भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्