सुर्खेत, मंसिर २१ । कोरोना सक्रमणबाट कर्णालीमा थप एक जना संक्रमितको मृत्यु भएको छ। पञ्चपुरी नगरपालिका(६ सुर्खेतका ५३ वर्षीय पुरूषको शनिबार राति मृत्यु भएको हो। मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएका मृतक होम आइसोलेसनमा बस्दै आउका थिए।
उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि कर्णाली प्रदेश अस्पताल कालागाउँको कोभिड अस्पतालमा भर्ना गरिपनि शनिबार राति उनको निधन भएको छ ।कर्णालीमा योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।