एजेन्सी, २२ मंसिर । कोरियाली स्टार सन हुङ मिन र बेलायती टोलीका कप्तान केनको जोड जम्दा टोटनहामले आर्सनलमाथि २-० को महत्वपूर्ण जीत निकालेको छ । गएराति भएको खेलमा टोटनहामले दुवै गोल पहिलो हाफमा गरेको हो ।
जोसे मोरिन्होको व्यवस्थापनमा रहेको टोलीका लागि सन र केन भरपर्दो जोडी भएका छन् । आक्रामक मिडफिल्डर सन यो सिजनमा निकै जमेका छन् । उनले खेलमा अवसर सायदै मौका खेर फालेका छन् ।
जीतसँगै २४ अंकका साथ इंग्लिस प्रिमियर लिगमा टोटनहाम शिर्ष स्थानमा उक्लिएको छ । समान अंकका साथ लिभरपुल दोस्रो स्थानमा छ । यसपटकको लिगमा निकै प्रतिस्पर्धा भएकाले ११ खेल सकिंदा अहिलेसम्म लिग विजेता बन्ने प्रतिस्पर्धामा दश टोली देखिएका छन् ।