काठमाडौं, मंसिर २२ । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्य अवधि एक वर्ष थप गरेको छ। मन्त्रिपरिषद्को यही मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद पुस १० गतेदेखि एक वर्ष थप गर्ने निर्णय गरेको हो।
भूकम्पबाट प्रभावित संरचनाको पुनर्निर्माणसम्बन्धी ऐन २०७२ को दफा ३ को उपदफा ९३० बमोजिम प्राधिकरणको अवधि एक वर्ष थप गरिएको निर्णयमा उल्लेख छ। उसले अब असार मसान्तसम्म चालू वर्ष विनियोजित बजेटअन्तर्गतका कार्य कार्यान्वयन गर्नेछ। साउन १ देखि पुस १० गतेसम्म प्राधिकरणले निजी आवास, सिंहदरबार, रानीपोखरी एवं धरहरा पुनर्निर्माणसँग सम्बन्धित अन्तिम फस्र्योटको कार्य गर्नुपर्नेछ। सो अवधिमा लेखा स्रेस्ता अद्यावधिक, लेखा परीक्षण गर्नेरगराउने तथा आफे जिम्मेवारी र सम्पत्ति हस्तान्तरण गर्ने कार्य पनि सम्पादन हुनेछन्।
प्रधानमन्त्री एवं प्राधिकरणको निर्देशक समितिका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा असोज ५ गते बसेको बैठकले प्राधिकरणको कार्यावधि एक वर्ष थप गर्न सिफारिस गरेको थियो।
चालु वर्षको पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएको प्र्राधिकरणले जनाएको छ। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाको पुनर्निर्माण सकिएको आजको अन्नपूर्ण पोस्ट दैनिकमा खवर छ ।