Logo

मिथुन राशिको लागि २०२१ कस्तो छ (रोमान्स, धन, स्वास्थ्य र करियरको बारेमा सम्पुर्ण जानकारी)



२०२१ साल मिथुन राशिको लागि सामान्य देखिएको छ । मिथुन राशि भएका मानिसहरुले यो वर्ष स्वास्थ्यमा जागरुक भई आफुलाई फिट राख्ने प्रयास गरिराख्नु पर्छ । २०२१ मा तपाइँको आर्थिक स्थिति विस्तारै–विस्तारै बलियो हुदै जान्छ । आर्थिक स्तरमा बृद्धि हुनेछ । तपाइँले मितव्ययितामा ध्यान दिनु पर्छ ।

प्रतियोगितामा भाग लिने हो भने कडा मेहेनतले मात्र सफलता पाउन सक्नुहुन्छ । यो राशिका विद्यार्थीका लागि अलिकति विघ्न बाधा अवश्य आउनेछन् । यद्यपि तपाइँले आफ्नो पढाईलाई जारी राख्नुहुनेछ । तपाइँले सफलता प्राप्त गर्नुहुन्छ तर प्रयास लगातार रुपमा गर्नुपर्छ । आध्यात्मिक विषयमा रुचि बढ्नेछ ।

रोमान्सको लागि कस्तो होला २०२१

यो वर्ष रोमान्सको दुृष्टिले सानदार हुनेछ । वैवाहिक जिन्दगीमा उतार चढाव आउनेछन् । रोमान्सको सम्बन्ध बलियो हुनेछ । वर्षको बीच समयमा रोमान्सको लागि विशेष रहनेछ । यदि विवाहित भएमा सुरुवातमा अलिकति सम्बन्ध कमजोर हुने भएकोले जीवनसाथीलाई ध्यान दिनु पर्नेछ । यो वर्ष एक अर्कालाई धेरै भन्दा धेरै उपहार खरिद गर्नुहुनेछ ।

धनको लागि कस्तो होला २०२१

धनको दुष्टिले यो राशिलाई वर्षको सुरुवातमा थोरै कमजोर बनाउछ । किनकी सुरुवातीमा खर्चमा लगातार वृद्धि भइरहेको हुन्छ । अप्रिलबाट जुलाई २१को बीचमा केही प्रकारका लाभ मिल्छ र आर्थिक स्थिति फेरी बलियो भई आउनेछ । यो समयमा यात्रा कम हुन्छ । यदि लामो यात्रा भईहालेमा पनि खर्च धेरै हुन्छ । त्यसकारण पहिले नै योजना बनाउनुहोला । थोरै भएपनि खर्च कम हुनेछ । यो वर्ष सेयर मार्केटिङ तपाइँको लागि धेरै लाभदायक हुनेछ ।

करियरको लागि कस्तो होला २०२१

२०२१ साल काममा केही उतार चढावले भरिएको हुन्छ । तपाइँ काममा आफ्नै तरिकाले श्रेष्ठ स्थापित हुन सक्नुहुन्छ । २०२१ को मध्य भागमा तपाइँलाई कामको लागि राम्रो हुनेछ । अरुबेला काम छाड्ने बिचार त्याग्नुहोस् । यो वर्षको अन्तिम महिनामा यात्राको योग बन्नेछ । जुन कामको सिलशिलामा हुनेछ र यात्रा लाभदायक पनि हुनेछ । यदि तपाइँ ठुलो कारोबार गर्नुहुन्छ भने यो वर्ष धेरै अनुकुल भने छैन्, यसकारण सावधानी अपनाउनु होला । यदि सानो व्यापार र कारोबार छ भने धेरै राम्रो हुनेछ ।

स्वास्थ्यको लागि कस्तो होला २०२१

२०२१ साल स्वास्थ्यको लागि समस्या देखिएको छ । दिनचर्याको नियमित गर्ने प्रयास गर्नुपर्छ र तरल पद्वार्थको सेवन गर्नुपर्छ । जनवरी र फरवरी महिनामा अलि धेरै नै कमजोर रहनेछ । स्वास्थ्यमा लापरवाही गर्नाले नोक्सान पनि हुनसक्छ । यसकारण सावधानी हुनुपर्छ । स्वास्थ्यकै लागि धन खर्च हुने योग रहेको छ । यो वर्षको मध्य भागमा स्वास्थ्यमा सुधार आउनेछ र तपाइँ बलियो हुनु हुनेछ । मे महिना पछि समय अनुकुल रहनेछ । वर्षको अन्ततिर स्वास्थ्यमा सुधार आउनेछ । तर समग्रमा हेर्दा यो वर्ष स्वास्थ्यको लागि विशेष ध्यान राख्नुपर्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot