Logo

एआइजी बढुवालगत्तै विश्वराज पोखरेल हरि पालको ठाउँमा



काठमाडौं, २५ मंसिर । आज बसेको मन्त्रिपरिषदको बैठकले विश्वराज पोखरेललाई एआइजीमा बढुवाको निर्णयसँगै कार्य विभागको जिम्मेवारीको टुंगो समेत लगाएको छ । कार्यविभागमा रहेका हरि पाल उपत्यका हेर्ने इञ्चार्ज भएका छन् ।

यसअघि डिआइजीका रुपमा पोखरेल उपत्यका इञ्चार्ज थिए । सरकारले एआइजीको नयाँ दरबन्दी सृजना गरी उपत्यकामा एआइजीले हेर्ने व्यवस्था गरेको थियो । त्यसलगत्तै वरिष्ठतम एआइजी हरि पाललाई उपत्यकामा ल्याइएको हो । पालको ठाउँमा पोखरेल लगिने निर्णय भएको छ ।

नेपाल प्रहरीमा कार्य विभाग निकै बलियो विभाग मानिन्छ । पालको सरुवासँगै आइजीपी शैलेश थापा क्षेत्रीले जुनियर ब्याचका अधिकृतलाई महत्वपूर्ण जिम्मेवारीमा ल्याएको बुझ्न सकिन्छ । आइजीपी क्षेत्रीभन्दा पछिका ब्याची पोखरेल भावी आइजीपी बन्ने निश्चितप्रायःछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot