Logo

कोरोना संक्रमणबाट विश्वभर एक करोड ६१ लाख बढीले ज्यान गुमाए



काठमाडौं, २८ मंसिर । विश्वभर कोरोना संक्रमणबाट एक करोड ६१ लाख ११ सय ९२ जनाले ज्यान गुमाएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार हाल सम्म विश्वभर सात करोड १४ लाख २१ हजार तीन सय २३ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, हालसम्म विश्वभर पाँच करोड चार लाख ८९ हजार एक सय ५० जनाले कोरोना जितेका छन् ।

हालसम्म सबैभन्दा बढी अमेरिकामा एक करोड ६५ लाख ४९ हजार तीन सय ६६ जनामा संक्रमण पुष्टि भएको छ । त्यहाँ तीन लाख पाँच हजार ८२ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा ९८ लाख, ५७ हजार तीन सय ८० जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा एक लाख ४३ हजार ५५ जनाले संक्रमणका कारण ज्यान गुमाएका छन् । नेपालमा कोरोना संक्रमित संख्या अहिलेसम्म दुई लाख ४७ हजार पाँच सय ९३ जना पुगेको छ । जसमध्ये १६ सय ८९ जनाले ज्यान गुमाएका छन् । तथ्याङक अनुसार शनिबारसम्म नेपालमा १६ सय ७४ जनाले ज्यान गुमाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्