Logo

चिनी मिल मालिकहरुलाई उद्योगमन्त्री भट्टले सिंहदरबार बोलाए



काठमाडौं, २९ मंसिर । उखु किसानहरु बाँकी बक्यौता रकम उठाउन माग गर्दै काठमाडौंमा आन्दोलित छन् । उनीहरुले काठमाडौंको माईतीघर मण्डलमा प्रदर्शन गरिरहेका छन् । उनीहरुको आन्दोलनलाई विभिन्न दलका नेताहरु, समाजसेवी, पत्रकार र विभिन्न संघ तथा संस्थामा आवद्ध व्यक्तिहरुले साथ र समर्थन गर्दै आएका छन् । किसानहरुले यसअघि पनि आफूहरुसँग उधारो सम्झौता गरिएको र अहिले कुनैपनि हालतमा बाँकी बक्यौता रकम उठाएरमात्रै घर फर्कने अडान लिएका छन् ।

उखु किसानहरु आन्दोलित बनेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चिनी मिल मालिकहरुलाई सिंहदरबारस्थित् आफ्नो कार्यकक्षमा बोलाएर छलफल गरेका छन् । अहिले मन्त्रीले चिनी मिल मालिकहरुसँग वार्ता गरिराखेका छन् । वार्तामा सहभागी अन्नपूर्ण सुगर मिलका मालिक राकेश कुमार अग्रवालले भने किसानहरुलाई पैसा तिर्ने अवस्थामा आफूहरु नभएको बताउँदै त्यसको लागि उद्योग नै बेच्नुपर्ने बाध्यता सुनाएका छन् । FILE PHOTO



प्रतिक्रिया दिनुहोस्