Logo

पृथ्वीको बाहिरी क्षेत्र छाड्न खोज्दा नसकेपछि यो रकेट झर्यो



एजेन्सी, २९ मंसिर । पृथ्वीको बाहिरी क्षेत्र पार गर्न शनिबार उडान भरेको एक मात्र भर्जिन ग्यालेक्टिक सुपर सोनिक रकेट स्वतः पृथ्वी फर्किएको छ । मेक्सिकोबाट उडान भरेको ४० हजार फिट पुगे पछि स्वतः पृथ्वी फर्किएको हो ।

रकेटमा सवार दूई पाइलट सकुशल पृथ्वीमा अवतरित भएको जानकारी कम्पनीले दिएको छ । रकेट र त्यसमा सवार सबै सुरक्षित रहेको जानकारी गराएको छ । पुनः रकेटको परिक्षण गरी उडान छिट्टै भर्ने विश्वास कम्पनीले दिएको छ ।

२० करोड डलर लागतमा बनेको ग्यालेक्टिक रकेटको उडान भर्न दशकदेखि मासिनहरु प्रतिक्षामा रहेको छ । केही प्राविधिक समस्याका कारण रकेटले उडान भर्न नसकेको नासा स्पेस फ्लाइटको क्यामेरामा कैद भएको थियो । कोरोना महामारीका कारण रकेटको उडान स्थगित समेत भएको थियो । ग्यालेक्टिकको अगामी उडानमा चार जना सदस्य हुने जानकारी कम्पनीले गराएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot