Logo

ट्रम्पले ह्वाइट हाउसमा कोरोनाविरुद्धको भ्याक्सिन रोके



एजेन्सी, २९ मंसिर । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउमा तत्काललाई कोरोना भाइरसविरुद्धको भ्याक्सिन रोकेका छन् । उनले ह्वाइट हाउसका अधिकारीले पछिमात्र लगाउने बताएका छन् ।

यसअघि ट्रम्प प्रशासनको वरिष्ठतम अधिकारीहरुलाई भ्याक्सिन दिइने बताइएको थियो । तर, ट्रम्पले ट्वीट गर्दै अत्यावश्यक बाहेक ह्वाइट हाउसका अधिकारीले भ्याक्सिन पछि लगाउने जानकारी दिएका छन् । उनले उमेरले वरिष्ठ नागरिकहरुले प्राथमिकताका साथ भ्याक्सिन पाउनुपर्ने भन्दै हाललाई ह्वाइट हाउसमा रोकेको बताइएको छ ।

अमेरिकामा आजबाट फाइजरले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन प्रयोगमा ल्याइँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot