काठमाडौं, ३० मंसिर । संवैधानिक परिषदको बैठक सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । शितलनिवासमा पुगेका ओलीले पछिल्लो कदम र त्यसपछि उत्पन्न परिस्थितिबारे छलफल गरेको बुझिएको छ ।
यसअघि राष्ट्रपतिसँगको कुराकानीपछि नै ओलीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश सिफारिश गर्ने निर्णय मन्त्रिपरिषदबाट गराएका थिए । लगत्तै शितलनिवासबाट अध्यादेश जारी भएको थियो । जसमा परिषदको ऐन संशोधन गरी बहुमत संख्याबाट बैठक बस्ने र निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।
साँझ परिषदको बैठक प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्यो । जसमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित भए । तर, गणपूरक संख्या बहुमतले पुगेकाले बैठक बस्यो । निर्णय भने नभएको बताइएको छ ।
प्रधानन्यायाधीशको साथ पाए संवैधानिक निकायमा ओलीले एकलौटी नियुक्ति गर्न सक्ने (अध्यादेशसहित)
ओलीले बैठक राखेर निर्णयका लागि अगाडि बढ्ने तयारी समेत गरेका थिए । उनले पार्टीभित्र र बाहिरका विरोधीलाई संवैधानिक परिषदको बैठकबाट आफू अनुकूलको निर्णय गरेर कमजोर बनाउने तयारी समेत गरेका छन् । विशेषगरी अख्तियारमा विश्वासिला व्यक्ति नियुक्त गरेर विरोधीलाई तह लगाउन खोजेको कतिपयको बुझाई रहेको छ ।
संसद बिघटन गरी मध्यावधि घोषणासम्मको तयारी
नयाँ अध्यादेश आएपछि संवैधानिक परिषदको बैठक सुरु, देउवा र सभामुख सापकोटा गएनन्
ओलीविरुद्ध आक्रामक रणनीति बनाउँदै प्रचण्ड, खुमलटारमा भेला
संवैधानिक परिषदको बैठकमा कुनै नियुक्तिको निर्णय नगरी ओली शितलनिवास पुग्नुलाई राष्ट्रपतिले विगतमा जस्तै सहमतिको पहल गर्ने तयारीका रुपमा लिइएको छ । विगतमा पनि राजनीति दलसम्बन्धी अध्यादेश ल्याएपछि राष्ट्रपतिकै पहलमा फिर्ता लिइएको थियो । फिर्तासँगै राजनीतिक सहमति बनेर ओलीको सत्ता संकट टरेको थियो । यसपटक पनि राष्ट्रपति भण्डारीले यस्तै पहल गर्ने कतिपयको भनाई रहेको छ ।-फाइल तस्बिर