Logo

दृष्टिविहिन मानिसले सपनामा के के देख्छ



जो जन्मदै दृष्टिविहिन भएर जन्मिएको हुन्छ, जसले वास्तविक जीवनमा कुनै पनि रङ्ग अथवा वस्तुहरु देखको हुँदैन । त्यस्तो व्यक्तिले सपना देख्छ ? सपना देख्यो भने रङ्ग र आकृति कस्तो देख्छ ?

एक दृष्टिविहिन मानिसले सामान्य मानिसले देख्ने जस्तै सपना देख्छ । तर, त्यस व्यक्तिले आफ्नो सपनामा कुनै पनि चित्र देख्दैन । उसले भावना, स्पर्श, गन्धको आधारमा सपना देख्छ । धेरै अध्ययनहरुले यो सुझाव दिएका छन् कि दृष्टिविहिन व्यक्तिले सुत्ने कोठाबाट राक्षसहरुको कल्पना गर्ने बच्चाले जस्तै सपना देख्न सक्छ ।

दुर्घटना, रोग अथवा कुनै कारणबस पछि दृष्टि गुमाएका मानिसहरुले आफुले आखा देख्ने बेलासम्मको सिमित आकार, वस्तु तथा कलरहरु आफ्नो सपनामा देख्छन । समयको दुरी बढेसँगै ती व्यक्तिहरुको सपनामा आउने वस्तु तथा कलरहरु बिस्तारै अस्पष्ट हुदै जान्छन र त्यसपछि तिनीहरुले पनि भाव, स्पर्श र गन्धका आधारमा सपना देख्न थाल्छन ।

यद्यपि अनुभूतीको प्रकृतिका कारण सामान्य मानिसले देख्ने सपना र दृष्टिविहिन मानिसले देख्ने सपनामा भिन्नता ल्याउँछ । तर दुवै प्रकारका व्यक्तिहरुमा सपनाको एउटै अनुभव हुन्छ । एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्

Screenshot