Logo

भगवान विष्णुका २४ अवतारमध्ये यी अवतार



१८. परशुराम अवतारः हिन्दु धर्म ग्रन्थको अनुसार भगवान विष्णुको अवतार मध्ये एक अवतार हो परशुराम । एक समयमा क्षत्रिय अर्जुन (सशस्त्रबाहु)ले शासन गर्थे । उनमा निकै घमण्ड थियो । एकपटक अग्निदेवले उनलाई भोजन गराउन आग्रह गरे । सशस्त्रबाहु भमण्डमा आएर भने तपाइँले जहाबाट चाहेपनि भोजन गर्न सक्नुहुन्छ यी सबैलाई मलै नै राज गर्छु भने । तब अग्निदेवले वनलाइृ जलाउन सुरु गरे । वनमा एक ऋषिले तपस्या गर्दै थिए । आगोले उनको आश्रम पनि जलाइदियो । ऋषि क्रोधित भएर सहस्त्रबाहुलाई श्राप दिदै भने, ‘भगावान विष्णुले परशुरामको रुपमा जन्म लिनेछन् र सहस्त्रबाहुको मात्र नभएर समस्त क्षेत्रीहरुको सर्वनाश गर्नेछन् ।’ यसकारण विष्णुले भार्गव कुलमा जन्म लिएर महर्षि जमदग्रिको पाँचौ सन्तानको रुपमा जन्म लिए ।

१९. महर्षि वेदव्यासः पुराणहरुमा महर्षि वेदव्यासलाई भगवान विष्णुको अंश मानिएको छ । व्यास नारायणका कलावतार थिए । उनी महाज्ञानी महर्षि पराशरको पुत्रको रुपमा प्रकट भएका थिए । उनको जन्म सत्यवतीको गर्भबाट यमुना नदिमा भएको थियो । उनको शरीरको रंग कालो थियो । उनले महाभारत ग्रन्थको रचना पनि गरेका थिए ।

२०. हंस अवतारः एकपटक ब्रह्मा आफ्नो सभामा बसेका थिए । उक्त समयमा मानस पुत्र सनकादि पुगे र भगवान ब्रह्मासँग मानिसको मोक्षको चर्चा गर्न थाले । त्यहि समयमा भगवान विष्णु महाहंसको रुपमा प्रकट भए र उनको सवाल निवारण गरिदिए ।

२१. श्रीराम अवतारः त्रेतायुगमा राक्षसराज रावणको धेरै आतंक थियो । रावणको हत्या गर्नलाई भगवान विष्णुले राजा दशरथ र कौशल्याको गर्भबाट पुत्रको रुपमा जन्म लिएका थिए । यस अवतारमा विष्णुले धेरै राक्षसको हत्या गरे र मर्यादाको पालन गर्दै जीवनयापन गरे । वनवासको क्रममा पत्नी सीतालाई रावणले हरण गरेपछि राम लंका पुगे र रावणसँग ठुलो युद्ध भयो । जहाँ रावण मारिए । यसरी राम अवतार लिएर विष्णुले देवताहरुलाई भयमुक्त गरिदिए ।

२२. श्रीकृष्ण अवतारः द्धापरयुगमा भगवान विष्णुले श्रीकृष्णको अवतार लिएर अधर्मिको नाश गरे । भगवान श्रीकृष्णको जन्म कारागारमा भएको थियो । श्रीकृष्णले यस अवतारमा अनेक चमत्कार गरेर दृष्टहरुको सर्वनाश गरे । मामा कंसको हत्या श्रीकृष्णले नै गरेका हुन् । महाभारत युद्धमा अर्जुनको सारथि बनेर दुनियालार्ए गीताको ज्ञान दिए । भगवान विष्णुको अवतार मध्ये सबैभन्दा सर्वश्रेष्ठ यस अवतारलाई मानिएको छ ।

२३. बुद्ध अवतारः धर्म गन्थ्रअनुसार बौद्धधर्मका प्रवर्तक गौतम बुद्ध पनि भगवान विष्णुकै अवतार थिए । तर पुराणमा वर्णित भगवान बुद्धदेवको जन्म समीप कीकटमा भएको थियो । एक समयमा दैत्यको शक्ति धेरै बढेको थियो । देवताहरु डरले भाग्न थाले । सबै देवता विष्णुको नजिक गए । भगवान विष्णुले देवताहरुको हितको लागि बुद्धको रुप धारण गरे । उनको हातमा मार्जनी थियो । यसरी भगवान बृद्ध यज्ञ गर्दै गरेका राक्षसको नजिक गए । यज्ञ गर्नु पाप हो र त्यसबाट जीव हिंसा हुन्छ भन्दै उपदेश दिए । उनले यज्ञको आगोले धेरै प्राणीहरु भस्म हुन्छन् भने । भगवानको उपदेश पाएर राक्षसहरु निकै प्रभावित भएर यज्ञ वा वैदिक आचरण गर्न छाडिदिए । यसरी राक्षसको शत्ति कम हुँदै गयो र देवताहरुले उनीहरुमाथि हमला गरेर पुनः राज्य प्राप्त गरे ।

२४. कल्कि अवतारः धर्मग्रन्थको अनुसार भगवान विष्णुले कलियुगमा कल्कि अवतार लिनेछन् । कल्कि अवतार कलियुगको अन्त्य र सत्ययुगको सुरुवातीमा लिनेछन् । यो अवतार ६४ कलाले भरिपुर्ण हुनेछ । कल्किले विष्णुयशा नामका एक तपस्वी ब्राहमणको घरमा भगवान कल्कि पुत्रको रुपमान जन्म लिनेछन् । यो अवतारमा भगवान विष्णुले पापीलाई नाश र धर्मको पुर्न स्थापना गर्नेछन् । एजेन्सीको सहयोगमा

 



प्रतिक्रिया दिनुहोस्

Screenshot