एजेन्सी, १ पुस । नेस्लेद्वारा उत्पादन भइरहेको किटक्याट क्याडबरीको नयाँ संस्करणको क्याडबरी जापानी बजारमा उपलब्ध हुने भएको छ । जापानका लागि किटक्याटले स्कट व्हिस्कीसहितको क्याडवरी निकालेको हो ।
व्हिस्की ब्यारेलमा करिब ६ महिनासम्म राखिएको चकलेटबाट कम्पनीले स्कट व्हिस्की किटक्याट निकोलेको जनाएको छ । क्याडवरी जाडो याममा मात्र जापानमा अनलाइन मार्फत उपलब्ध हुने र केही पौराणिक किटक्याटको आधिकारिक पसलहरुमा मात्र उपलब्ध हुने भनिएको छ ।
ंंकम्पनीका अनुसार नयाँ क्याडवरी बयस्क उमेरको मानिसहरुका लागि विशेष ध्यानमा राखि निर्माण गरिएको हो । क्याडबरीमाहल्का तीतो र रिफइन्ड व्हिस्कीको गन्धको साथै विस्कीको स्वाद पनि महसुस हुने बताएको छ । क्याडवरीको मूल्य ३ सय एन (२ डलर) कम्पनिले निर्धारण गरेको छ । क्याडवरी जापानका चर्चित सेफ यासुमासा ताकागीको निगरानीमा उत्पादन भइरहेको छ ।-Photo: Agency