Logo

टीकापुर घटनाः ३ वर्ष कैद भुक्तान गरि छुटेका लक्ष्मण थारुलाई जन्मकैद



काठमाडौं, पुस ३ । टीकापुर घटनामा ३ वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई जन्मकैदको फैसला सुनाइएको छ। उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसला उल्ट्याउँदै ३ वर्ष कैद सजाय भुक्तान गरेका थारुलाई जन्मकैदको फैसला सुनाएको हो।

उच्च अदालत दिपायलले रेशम चौधरीसहित ८ जनालाई जन्मकैदको फैसला सुनाएको हो। बिहीबार उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले उक्त फैसला सुनाएको हो ।

प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं को कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नं। को कसुरमा सोही महलको १३ (४) बमोजिम जन्म कैद हुने ठहर छ।’

साथै निजलाई सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ। अभियोग वादी सफाइ पाउँ भन्ने निज पुनर्वेदक प्रतिवादीको पुर्नवेदन जिकिर पुग्न सक्दैन। २०७५ सालको फागुन २२ गते टीकापुर घटनाको मुद्दामा सुनवाइ गर्दै थारुलाई ३ वर्ष कैद सजाय सुनाएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot