Logo

ताइवानद्वारा निर्मित मिलिटरी कार्भेट हेलिकोप्टर सार्वजनिक



एजेन्सी, ३ पुस । ताइवानको पहिलो घरेलु उत्पादन मिलिटरी कोर्भेट मंगलबार सार्वजनिक गरिएको छ । ताइवान सञ्चारमाध्यमले उक्त कोर्भेटलाई एयरक्राफ्ट क्यारियर किलरको नाम दिएको छ । यसै सन्दर्भमा चिनियाँ सैनिकले ताइवानद्वारा निर्मित कोर्भेटले चिनियाँ सैनिकलाई सायदै हानी पुर्याउन सक्छ र यो चिनियाँ एयरक्राफ्टको निशाना ध्वस्त पार्न बनाइएको बताइएको छ ।

पीएलए जेड ९ हेलिकप्टरले हालै लाइव फायर एन्टी सिप मिसाइल अभ्यास गरेको छ । उक्त हेलिकप्टर सानो आकारको जहाजलाई काउन्टर गर्न सक्ने क्षमता राखेको छ । गाइडेड मिसाइल कोर्भेटलाई मंगलबार ताइवानले सार्वजनिक गरेको थियो । हेलिकप्टर विशेषगरि चिनियाँ वारसिप संग काउन्टर गर्न उत्पादन गरिएको जनाइएको छ । उक्त हेलिकप्टर २०२१ को जूलाईमा नेभीलाई दिने भएको छ ।

६८५ टनको हेलिकप्टरले एन्टी एयरक्राफ्ट मिसाइल, सुपरसोनिक मिसाइल, फलान्क्स क्लोज इन वेपन सिस्टम, दूई वटा मेसिन गन र दूई टोपेडो ट्युब्स बोक्ने क्षमता रहेको छ । चिनियाँ नेभीको विरुद्ध यसलाई प्रयोग गर्न सकिनेछ । चिनियाँ नेभीले उक्त हेलिकप्टरका लागि आफ्नो वारसिप सञ्चालन नगर्ने विश्वास ताइवानको रहेको कारण यसलाई प्रयोगमा ल्याएको हो। साउथ चाएना सीमा शुक्रबार हेकिप्टरले अभ्यास गरेको थियो सो अभ्यासले उक्त हेलिकप्टर प्रभावकारी रहेको बताइएको छ ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्