एजेन्सी, ३ पुस । फ्रान्सका तत्कालिन सम्राट नेपोलियन बोनापार्ट र भारतको मद्रास शहरको एकआपसमा के कस्तो सम्बन्ध थियो भन्ने विषय कसैलाई थाहा छैन । तर, विगतको पाना पल्टाउँदा र चेन्नाई राज्य सरकारकोे रिसर्च डिपार्टमेन्टमा एक कागजात फेला परेको छ । जसलाई सन् १८२१ मा हेलेनाले लेखेकी थिइन् । जहाँ नेपोलियनले आफ्नो अन्तिम सास लिएका थिए ।
पत्रमा लेखिएको कुराहरुले नेपालियनको मृत्यु क्यान्सरको कारण भएको बुझिएको छ । लिखित पत्र हेलेनाले मेजर जेनेरल सर थोमस माुन्रोलाई लेखेका थिए । जो तत्कालिन समयमा मद्रासका गर्भनर थिए । जसमा नेपालियनको निधन भएको विषय उल्लेख गरिएको थियो । त्यस समयमा फ्रान्सले बेलायतको अधिनमा रहेको भारतमाथि आफ्नो स्वामित्व कायम गर्ने काशिश गरिरहेको थियो ।
१८ औँ र १९ औँ शताब्दीको बेला बेलायत र फ्रान्सले विश्वमा आफ्नो प्रभुत्व जमाउन निरन्तर लडिरहेको थियो । सन् २०२१ मा फ्रान्सका शासकको २०० औँ मृत्यु दिवस मनाइने छ । उनको मृत्युको विषयमा लेखिएको पत्रलाई चेन्नाई राज्य सरकारले सुरक्षीत ढंगले राखेको छ । यसलाई सन् २००५ एकपटकका लागि नागरिक माझ प्रदर्शनमा राखिएको थियो । तत्कालिन समयमा रहेको ब्रिटिश इन्डिया कम्पनीले नेपोलियनको लागि सेन्ट जियोर्ज फोर्टमा विशेष कक्षको व्यवस्था गरेको थियो । पत्र मे १० १८२१ म लेखिएको थियो । उक्त पत्र सेन्ट हेलेनाले लेखेकी थिइन् ।
नेपालियनको मृत्यु मे छ १८२१ म भएको थियो । उनलाई विरामी भएपश्चात चिकित्सकले केही दिन घरमै राखी उपचार गरिएको थियो । निधन भएको उपचाररत टापूमा भोलिपल्ट उनको शवलाई उनकै परिवारले हेरेका थिए । पाँच जना चिकित्सकको निगरानीमा उनको शवलाई परिवारले हेरेका थिए । उनको शवलाई उपचाररत चिकित्सकले पोस्टमार्टम गरेका थिए । उनको पेट निकै खराब अवस्थामा थियो भने पाइलोरस रहेको भागमा क्यान्सर देखिएको रिपोर्टले बताएको थियो । उनको पेटको भित्री सतहमा टूलो प्वाल र यसले क्यान्सर रहेका अर्थाएको थियो ।
नेपोलियनको पिताको निधन निकै कम उमेरमा सोही कारणले भएको उल्लेख गरिएको छ । इतिहासमा उल्लेख भएअनुसार नेपोलियनलाई अर्थोर वेललेस्लीसँग सधै जोडीएको थियो । उनले नेपालियन र टिपु सुल्तानलाई युद्वमा हराएका थिए । इतिहासका प्राध्यापक पि. जगादिशनका अनुसार अर्थोर वेललेस्लीले नेपालियनलाई वाटरलूमा सन् १८१५मा हराएका थिए । अर्थोर वेललेस्ली लर्ड वेललेस्लीको कान्छो भाइ थिए । लर्ड वेललेस्ली तत्कालिन समयमा मद्रासका गर्भनर थिए ।
मद्रास विश्वविद्यालयका प्रद्ययापक एस कुपुस्वामी त्यस बेला दक्षिण भारतमा आफ्नो प्रभुत्व जमाउन एस्ट इन्डिया कम्पनी, फ्रेन्च, टिपू सुल्तान, आर्कोटका नवाव र माराठाहरु एकआपसमा लडिरहन्थे । ब्रितिशविरुद्व लड्न टिपू सुल्तानले नेपालियनसँग सैनिक पठाइदिन प्रस्ताव राखेका थिए ।-Photo: Agency