पुष ३, काठमाण्डौ । आज साँझ प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । साँझ प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटमा संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता गर्नेबारे कुरा भएको बताईएको छ । तर केही सहमति भयो वा भएन भन्ने केही खुलाईएको छैन ।
आजै नेकपाका दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । तीन नेताबीच शुक्रबार अपराह्न भेट भएको हो । भेटमा अध्यादेश प्रकरण र समसामयिक विषयमा छलफल भएको बताइएको छ । त्यसैगरी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच पटकपटक भएको भेट शंकास्पद भएको भन्दै दाहाल र नेपालले पौडेलसँग चासो राखेको बुझिएको छ ।