काठमाडौं, ४ पुष । जनता समाजवादी पार्टी, नेपालकी सांसद चन्दा चौधरीले उखु किसानको माग सरकारले तत्काल पूरा गर्नुपर्ने बताएकी छिन् । उनले काठमाडौंमा जारी उखु किसान आन्दोलनप्रति ऐक्यबद्धता र समर्थन जनाउँद्यै यस्तो बताएकी हुन् । आज (शनिबार) काठमाडौंको माइतीघरस्थित आन्दोलनस्थलमा पुगेर सांसद तथा पूर्वमन्त्री चौधरीले उखु किसानको आन्दोलन र मागमा समर्थन जनाएकी हुन् । उनले किसानको माग तत्काल पूरा गर्न सरकारसँग आग्रह गरिन्। उनले किसानको भुक्तानी नगर्ने उधोगीलाई तत्काल कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएकी थिईन् ।
रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा सांसद चौधरीले भनिन्, किसानहरु आफ्नो मेहनतको मूल्य लिनको लागि यसरी आन्दोलन गर्नुपर्ने अवस्था किन आयो ? यसमा सरकारको पर्याप्त ध्यान जाओस । कृषिप्रधान देशमा किसानले आफ्नो पसिनाको मूल्य लिन आन्दोलन गर्नुपर्ने स्थिति आउनु दुर्भाग्यपूर्ण हो । नेतृ चौधरीले आन्दोलित किसानहरूलाई न्न्यानो कम्बलसमेत वितरण गरेकी थिइन् ।
सांसद चौधरी जनताका पीर, मार्कामा सधैं सहयोगी हात लिएर अघि सर्छिन् । कोरोना कहरको बेलामा पनि उनी कोरोनाविरुद्ध अग्रपँक्तिमा खटिएकाकाहरुको लागि निःशुल्क स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेकी थिईन् । चौधरीले प्राकृतिक प्रकोप भूकम्प, बाढी पहिरो, आगलागी, शीतलहर लगायतका घटनामा राहत वितरण गर्दै आएकी छिन् । सांसद चौधरी नेपाल–भारत महिला मैत्री समाजकी अध्यक्ष हुन् । उनले उक्त संस्थामार्फत देशव्यापी रुपमा सामाजिक कार्य गर्दै आएकी छिन् ।
Related News:
सांसद चौधरीद्वारा बाढि पीडितहरुलाई टेन्ट र त्रिपाल प्रदान
विपन्न वर्गलाई राहत दिनेबारे नीति तथा कार्यक्रममा केही उल्लेख नभएकोमा सांसद चौधरीको गुनासो
सांसद चौधरीद्धारा जलेश्वर अस्पताललाई स्वास्थ्य सामग्री प्रदान
सांसद चौधरीद्धारा महोत्तरीका १ सय ७० विपन्न परिवारलाई खाद्यान्न वितरण (फोटोफिचर)
सांसद चौधरीले पशुपति मन्दिर परिसरमा पशुपन्छीलाई खाना खुवाईन्