काठमाडौं, ५ पुष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अहिले केही बेरमा सुरु हुने भनिएको छ । तर, बैठक अघि अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा एक्लाएक्लै भेटवार्तामा जुटेका छन् । आज विहान बसेको मन्त्रिपरिषद बैठकले संसद विघटन गर्न राष्टपतिसमक्ष सिफारिश गरेपछि नेकपाभित्र ठूलो हलचल पैदा भएको छ ।
अध्यक्ष दाहालले ओलीको उक्त कदम असंवैधानिक भएको भन्दै कडा आपत्ति जनाएका छन् । उनले ओलीले गणतन्त्रमाथि नै कू गरेको कडा आरोप लगाएका थिए । अहिले बालुवाटारमा नेकपाका नेताहरु धमाधम प्रवेश गरिरहेका छन् । वरिष्ठ नेता झलनाथ खनाल प्रवेश गरिसकेका छन् भने अर्का वरिष्ठ नेता माधव कुमार नेपाल पनि आउँदैछन् । तस्विर ः मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डठकम