Logo

हातहतियार सहित १ जना पक्राउ



पाँचथर, ५ पुस । विभिन्न हातहतियार सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कुम्मायक गाउँपालिका–२ भन्ज्याङ बस्ने ५७ वर्षीय राजध्वज शेर्मा १ नाल भरुवा बन्दुक, १ थान भाँचिएर २ टुक्रा भएको भरुवा बन्दुक, करिब २ सय ग्राम बारुद जस्तो देखिने कालो धुलो पदार्थ, ११ थान डेटोनेटर जस्तो देखिने बस्तु र २.१५ मिटर डेटकर्ड जस्तो देखिने तार सहित शनिबार राति पक्राउ परेका हुन् ।

शेर्माले आफ्नै घरमा हातहतियार लुकाई राखेको खबर भएपछि जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले घर खानतलासी गर्ने क्रममा उक्त हातहतियार फेला पारी उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot