Logo

प्रदीप ज्ञवाली ओली पक्षधर नेकपाको प्रवक्ता 



काठमाडौं, ७ पौष । नेपाल कम्युनिस्ट पार्टीको ओली पक्षधर समूहको प्रवक्तामा प्रदीप ज्ञवाली चयन भएका छन् । उनलाई आज बसेको ओली पक्षधर केन्द्रीय कमिटी बैठकले प्रवक्ता चयन गरेको हो ।

प्रधानमनत्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रदीप ज्ञवालीले पार्टी प्रवक्ताको नयाँ जिम्मेवारी पाएको जानकारी दिए । ज्ञवाली ओलीका विश्वासपात्र मानिन्छन् । उनी परराष्ट्रमन्त्री समेत हुन् ।

ओलीले केन्द्रीय कमिटीमा ५५६ थपे, पार्टीको नाम र चुनाव चिन्ह कब्जाको रणनीति



प्रतिक्रिया दिनुहोस्