Logo

ओलीसँग बादलको महत्वपूर्ण भेटवार्ता, सहकार्य होला त ?



काठमाडौं, ८ पुष । गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्तारुढ नेकपा यतिबेला ओली पक्ष, र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्ष गरि दुई समूहमा विभाजित बनेको छ । तर, बादल भने अहिलेसम्म कुनैपनि पक्षको भेला वा बैठकमा सहभागी भएका छैनन् । उनलाई भने दाहाल नेपाल पक्षमा सहभागी हुन उनीनिकट नेताहरुले दबाब दिएका छन् । यही सन्दर्भमा बादलले आज प्रधानमन्त्री ओलीलाई भेट गरेको बुझिएको हो । सचिवालयमा सुरुदेखि नै बादलले ओलीलाई साथ दिँदै आएका हुन् । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot