Logo

आँसु र र्यालबाट विद्युत उत्पादन गर्न सकिने



वर्तमान आधुनिक र प्रविधियुक्त युगमा विज्ञानले धेरै अगाडी फड्को मारिसकेको छ । विज्ञानको लगातार प्रयास पछि नयाँ अध्ययनले यो पत्ता लगाएको छ कि मानव शरीरबाट बिद्युत उत्पादन गर्न सकिन्छ । अध्ययनका अनुसार मानव शरीरका केही अङ्गहरु र मानिसले गर्ने केही क्रियाकलापबाट बिद्युत उत्पादन गर्न सकिन्छ । वैज्ञानिकहरुले कसरी मानव शरीरबाट बिद्युत उत्पादन गरे भन्ने जानकारी यहा दिइएको छ ।

रक्त प्रवाह

चिनको फुदन विश्वविद्यालय टिमले रक्त नलीबाट प्रवाह हुने रगतमा कार्बन नानोट्युुब फाइबर प्रयोग गरेर बिजुली उत्पादन गरेका थिए । यस्तो उपाय उनीहरुले बगिरहेको पानीबाट निकालिएको जलविद्युतबाट लिएका हुन । उनीहरुले बगिरहेको पानीबाट निकालिएको जलविद्युत जसरी रगतमा आधारित बिजुली रक्त नली मार्फत प्रवाह हुने रगतद्वारा उत्पन्न गरेका हुन । यो प्रविधिको प्रयोग गरेर मेडिकल उपकरण पेसमेकर बनाइन्छ । पेसमेकर मुटुको धड्कन अनियन्त्रित भएको व्यक्तिमा धड्कन नियन्त्रण गर्न छातिको छालाभित्र राखिन्छ ।

पाइला

ब्रिटिस क्लिन टेक्नोलोजी कम्पनी पाभेगेनले पाइलाबाट निस्कने चालशक्तिलाई बिद्युतीय शक्तिमा रुपान्तरण गर्न सफल भएको छ । यसले मल्टी टास्किङ फ्लोर सिस्टम प्रयोग गरेर विना तारको ट्रान्समिटरद्धारा डेटा र टर्बाइन खिचि हिडाइबाट बिद्युतीय शक्ति उत्पादन गरेको हो ।

हामी हिड्ने क्रममा जमिनलाई तलतिर धकेलीरहेका हुन्छौ । त्यतीबेला जमिन भित्रका जेनेटरहरुले यसको मुल स्थान ठाडो पारीदिन्छ र चुम्बकिय बिद्युतको असरले चालशक्ति उत्पादन गर्छ । एक पाइलाबाट पाँच वाट शक्ति उत्पन्न हुन्छ र ब्याट्रीमा जम्मा हुुन्छ । ब्याट्रीमा जम्मा भएको शक्तिको प्रयोग गरेर बत्ति बाल्न सकिन्छ । एउटा पाइलाबाट उत्पादन भएको शक्तिले तीस सेकेन्ड बत्ति बाल्छ ।

आँसु र र्याल

नया अध्ययनकानुसार आयरल्याण्डको लाइमरीक विश्वविद्यालयले आँसु र र्यालको प्रयोग गरेर विद्युत उत्पादन गरेको जर्नल अफ अप्लाइड फिजीक्समा प्रकाशित भएको छ । लाइसोजाइम इन्जाइमको प्रयोग गरेर बिद्युत निकाल्न सकिन्छ । लाइसोजाइम इन्जाइम मानिसको आँसु र र्याल, अण्डाको सेतो भागमा पाइन्छ । लाइसोजोम इन्जाइममा इलेक्ट्रीक पोलराइजेसनको गुण हुन्छ । जसले गतिशक्तिलाई विद्युतिय शक्तिमा र विद्युतिय शक्तिलाई गतिशक्तिमा परिवर्तन गर्छ ।

आँसु र र्यालबाट उत्पादित विद्युतले शरीरमा निर्माण भएको औषधिलाई क्रियाशिल र नियन्त्रण गर्दछ । यस्तो विद्युत शक्तिको मद्दतले शरीरमा बायोमेडिकल उपकरणको स्थानान्तरण गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्