Logo

पाकिस्तानबाट बलुचिस्तानलाई स्वतन्त्र बनाउने आवाज उठाउने करिमा मृत फेला



एजेन्सी, ९ पुस । बलोच अभियन्ता करिमा मेहराब क्यानाडाको हार्बर फ्रन्टमा मृत अवस्थामा पेला परेकी छिन् । उनी सन् २०१६ मा पाकिस्तानबाट भागेर क्यानडा पुगेकी थिइन् ।

क्यानडाका प्रहरीका अनुसार उनको मृत शरीर टोरोन्टो लेकसोरको तटमा फेला परेको थियो । उनको शवलाई पति हमाल र उनका भाईले पहिचान गरेका थिए । बलुचिस्तानबाट आफ्नो सुरक्षा खतरा भएको कारण उनी त्यहाँबाट ज्यान जोगाउन क्यानाडा गएकी थिइन् ।

पाकिस्तानबाट बलुचिस्तान अलग हुनु पर्ने शसक्त अभियानमा लागेकी करिमाले पाकिस्तानी सैनिकबाट थुप्रै आलोचना सहेकी थिइन् । बलुचिस्तानमा उनको निधनप्रति चार दिन सोक मनाइने भएको छ । सन् २०१६ मा रक्षा बन्धनको अवसरमा भारतीय प्रधानमन्त्री नेरेन्द्र मोदीलाई सन्देश समेत पठाएकी थिइन् । र, बलुचिस्तनलाई पाकिस्तानबाट स्वतन्त्र बनाउन गरेका संघर्ष र भारतीय प्रधानमन्त्रीसंग उक्त विषयमा सहायताको आपेक्षा समेत राखेकी थिइन् । सन् २०१६को बीबीसीको १०० प्रभावशाली महिलाको सुचीमा समेत उनको नाम आएको थियो ।-Photo : Agency



प्रतिक्रिया दिनुहोस्