Logo

एस्ट्रेजेनेका र स्पुतनीक भीले संयुक्त खोप विकास गर्ने सम्झौता



एजेन्सी, ९ पुस । ब्रिटिश स्वीडिस कम्पनी एस्ट्रेजेनेका र रुसी कोरोना खोप उत्पादन कम्पनि ग्यामेलियाद्वारा उत्पादीत खोप स्पुतनिक भीले संयुक्त रुपमा कोरानो विरुद्वको खोप उत्पादन गर्न आधिकारिक संम्झौता भएको छ । सम्झौता सोमबार भएको हो ।

दुवै पक्षले कोरोना खोपको रिसर्च र बिजनेसलाई मध्य नजर राखी सम्झौता गरेको हो । स्पुतनी भी र एस्ट्रेजेनेका एजेड डी १२२२२ को संयुक्त खोप तुरुन्तै परिक्षण गरी उपलब्ध हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । संयुक्त खोपको रिसर्चमा रुसी कम्पनी आर फार्माले सहयोग गर्ने भएको जनाइएको छ । संयुक्त रुपमा उत्पादन हुने खोप अद्वितीय हुने जनाइएको छ । खोपको पहिलो भ्याक्सिनेशनले प्रतिरक्षा प्रणलीको विकास गर्ने छ भने खोप अर्को डोजले लामो समयसम्म उक्त प्रणालीलाई टिकाई राख्ने काम गर्नेछ । खोप शतप्रतिशत प्रभावकारी हुने प्रतिबद्वता कम्पनीले लिएको छ ।

सोमबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुतनीक भी र एस्ट्रेजेनेकाले संयुक्त रुपमा खोपको अभ्यास गर्ने विषयमा जानकारी दिएका थिए । साथै रुस अन्उ खोप उत्पादन कम्पनीसंग प्रभावकारी खोप बनाउन इच्छुक रहेको बताइसकेका छन् ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्

Screenshot